News मुख्य समाचार

गोंगबुमा सडक विभागले खुल्ला छोडेको खाल्डोमा जिप खस्यो

गोंगबुमा सडक विभागले खुल्ला छोडेको खाल्डोमा जिप खस्यो

काठमाडौं । सडक विभागले खुल्ला छोडेको खाल्डोमा परेर गोंगबु चक्रपथमा एक निजी जिप दुईटनामा परेको छ । सोमबार बिहान करिब ८ बजेतिर सामाखुसीबाट गोंगबुतर्फ जाँदै गरेको बा १४ च ९६३७ नम्बरको निजी जिप घुमाउने क्रममा दुर्घटनामा परेको हो।

 

सडक विभागले खाली छोडेको खाल्डोमा परेर साइकल यात्रीले ज्यान गुमाएको खबर सेलाउन नपाउँदै त्यस्तै प्रकृतिको यो अर्को घटना घटेको हो। केही महिनाअघि कीर्तिपुरस्थित भल्भ च्याम्बरमा परेर एक साइकल यात्री श्याम सुन्दर श्रेष्ठको ज्यान गएको थियो ।

 

गाडी चालक युद्ध बहादुर चौलागाईंले आफूले सडकमा रहेको खाल्डो नदेखेका कारण दुर्घटना भएको बताएका छन्। उनले आफूले १० वर्षदेखि गाडी चलाउँदै आएको र गाडी घुमाउन नजानेर नभइ खाल्डो नदेखेर दुर्घटनामा परेको बताए। उनले पछिल्लो समय यस्ता खाल्डा नपर्नाले दुर्घटना बढ्ने गरेको समेत बताए।

 

दुर्घटनामा परेको गाडीलाई प्रहरीले क्रेन ल्याएर खाल्डोबाट बाहिर निकालेको छ । उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ।
 

विशेष