इयुको कालो-सूचीमा यथावत नेपालको हवाईसेवा
काठमाडौं । युरोपियन युनियन (इयु) ले नेपालको हवाई सेवालाई आफनो कालोसूचीबाट हटाएन । इयुले शुक्रबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै कालो—सूची नहटेको जानकारी दिएको हो।
नेपालको हवाई सेवा इयुको कालोसूचीबाट नहटेसँगै नेपालको कुनै पनि वायुसेवा कम्पनीले युरोपेली युनियनमा आबद्ध देशहरूमा आफनो उडान भर्न पाउने छैनन् । नेपालका उड्डयन अधिकारहरूले भने इयुले नेपाललाई कालो सूचीबाट हटाउने भनि दाबी गर्दै आएका थिए ,जसलाई इयुले उल्टोे साबित गरेको छ ।
वर्षौदेखि नेपालको हवाई सेवालाई इयुले कालो सूचीमा राख्दै आएको छ र हाल सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको हवाई सुरक्षा पाँच वर्षअघिकै अवस्थामा रहेको निष्कर्ष निकाल्दै कालो सूचीबाट नहटाउने निर्णय गरेको हो।
यो सँगै सरकारी अधिकारीहरुको हवाई सुरक्षाको अवस्था सुधार भएको दाबी गलत साबित भएको छ ।