News मुख्य समाचार

भिभिआइपी हेलिकोप्टर खरिद : सेनाको खरिदमै प्रक्रियामै त्रुटी

भिभिआइपी हेलिकोप्टर खरिद : सेनाको खरिदमै प्रक्रियामै त्रुटी

काठमाडौं । भिभिआइपी उडानका लागि भन्दै भित्र्याएको अगस्टा वस्टल्यान्ण हेलिकोप्टरको खरिद प्रक्रियामै त्रुटी भेटिएको छ । काठमाडौं आइपुगेको उक्त हेलिकोप्टर भिभिआइपीको सवारका लागि भन्दै नेपाली सेनाले खरिद गरेको हो । 

 

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री चढ्ने उक्त हेलिकोप्टर किन्न सेनाले प्रतिस्पर्धाबिनै इटालीको एक कम्पनीसँग एक करोड ३९ लाख ८४ हजार दुई सय ४३ युरो (हालको एक अर्ब ८१ करोड रुपैयाँ)मा खरिद सम्झौता थरी प्रतीपत्र खोलेको थियो । सेनाले सुरक्षा सामरिक वा प्रतीरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ विपरीत प्रतिस्पर्धाबिनै बोलपत्र स्वीकृत गरेर हेलिकोप्टर खरिद गरेको प्रक्रिया अघि बढाएको थियो ।

 

२०७३ असार १६ गतेको मन्त्रिपरिषद्को बैठकले प्रतिस्पर्धा सुनिश्चित हुनेगरी हेलिकोप्टर खरिद गर्न सेनालाई अनुमति दिएको थियो । यो खबर आजको नागरिक दैनिकमा छ ।
 

Nepal Army Helicopter

विशेष