News अर्थ मुख्य समाचार

एसिया प्यासिफिक समिटमा १३ करोड खर्चियो सरकारले 

एसिया प्यासिफिक समिटमा १३ करोड खर्चियो सरकारले 

काठमाडौं । विवादास्पद एसिया प्यासिफिक समिटमा करिक १३ करोड रुपैयाँ सरकारी बजेट खर्च भएको छ । युनिभर्सल भिस फेडेरेसनले मंसिर दोस्रो साता गरेको सम्मेलनमा १२ करोड ८५ लाख रुपैयाँ खर्च भएको हो ।

 

अर्थमन्त्रालयका अनुसार सडक टालटुलका लागि १० करोड, सुरक्षा कार्यका लागि २ करोड ३० लाख र सरकारका तर्फबाट भएको द्विपक्षीय वार्ता तथा उच्च अधिकारीको स्वागतका लागि ५५ लाख रुपैयाँ खर्च भएको हो ।

 

सो रकम क्रमशः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह र परराष्ट्र मन्त्रालयका नामा निकासा भइसकेको अर्थका एक अधिकारीले कान्तिपुर दैनिकलाई बताएका छन्। 'सबै निकायबाट ३२ करोडको माग भएको थियो', उनले भने, 'तर माग गरेअनुसार बजेट निकासा भएन ।'
 

Asia Pacific

विशेष