News

श्रीमान् विरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता 

श्रीमान् विरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता 

रौतहट । श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

 

रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलाले श्रीमान् विरुद्ध जबरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएपछि प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको हो ।

 

चन्द्रपुर–५ की ३३ वर्षीया ती महिलाले आफ्नो ईच्छा विपरीत गत मंसिर २८ गते पतिले राति जबरजस्ती करणी गरेको आरोप लगाउदै प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिईन् ।

 

महिलाका श्रीमानलाई प्रहरीले सोमबार जबरजस्ति करणीको मुद्दा दर्ता गराई अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

 

उनीहरुको २०६१ सालमा बिवाह भएको थियो । उनीहरुका ६ र १३ वर्षका दुई छोराहरु छन् । पतिले मादक पदार्थ सेवन गरी कुटपिट गर्दै ईच्छा विपरीत जबरजस्ति गरेकोले बाध्य भएर कानुनी बाटो खोज्नु परेको ती महिलाले बताइन् ।

 

बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीको ईच्छा विपरीत जबरजस्ती गरेमा ५ वर्षसम्म कैद हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ ।

 

अदालतले पतिको सम्पत्तिबाट पत्नीलाई पालनपोषण तथा संरक्षणका लागि रकम उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ ।

 

साथै पत्नीको हित र सुरक्षाको लागि उपयुक्त वातावरण मिलाउन आदेश दिन सक्ने व्यवस्था रहेको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

जबरजस्ती करणी रौतहट उजुरी दर्ता 

विशेष