विदेश

नाकाबन्दी लगाएपछि झनै बलियो बन्यो कतार

नाकाबन्दी लगाएपछि झनै बलियो बन्यो कतार

काठमाडौं । कतारलाई छिमेकीले नाकाबन्दी लगाएको डेढ वर्ष पुगिसकेको छ ।

 

तर, यसबीचमा कतारीहरु हतोत्साहित भएका छैनन् । राष्ट्रिय दिवस मनाउँदै गर्दा आफू अझ बलियो भएको सन्देश उनीहरुले दिएका छन् । 

 

कतारमा १८ डिसेम्बरमा राष्ट्रिय दिवस मनाइन्छ । १८७८ मा कतारको एकीकरण गर्ने शेख जासिम बिन मोहम्मद अल थानीको जन्मदिनलाई आफ्नो राष्ट्रिय दिबस मानिन्छ । 

 

गत वर्ष नाकाबन्दी नाकाबन्दीकै बीचमा यो दिवस मनाइएको थियो । यसपटक सरकारले नागरिकलाई धीर बन्न र अझ बलियो हुन आग्रह गर्दैछ ।

 

कतारले आफूलाई अझ सक्षम तुल्याएको कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले बताए । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो । 
 

नाकाबन्दी कतार

विशेष