News मुख्य समाचार

पूर्वप्रधानमन्त्री डा गिरीको निधन

पूर्वप्रधानमन्त्री डा गिरीको निधन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍ तुलसी गिरीको ९३ वर्षको उमेर निधन भएको छ । मंगलबार बिहान बूढानिलकण्ठस्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारले जनाएको छ ।  कलेजोको क्यान्सरका पीडित उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट 'डिस्चार्ज' भएका थिए ।

 

स्व गिरी राजाले शासन सत्ता हातमा लिएका बखतमा पटकपटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन् । उनी राजा परिवारका विश्वास पत्रका रूपमा चिनिन्थे । २०१७ सालमा महिन्द्र शाहले जननिर्वाचित संसद र सरकारलाई भंग गरी पञ्चायती व्यवस्था लागू गरेपछि उनी पहिलो मन्त्री हुँदै मन्त्रिपरिषद्का उपाध्यक्ष बनाइएका थिए । पछि उनी प्रधानमन्त्रीसमेत भए । यसअघि उनी कांग्रेस सरकारका पालामा परराष्ट्रमन्त्री थिए ।

 

त्यस्तै ज्ञानेन्द्र शाहले २०६१ माघमा देशको शासन सत्ता हातमा लिएर पत्यक्ष शासन सुरु गरेपछि पनि उनी पुनः मन्त्रिपरिषद्का उपाध्यक्ष बनाइए । सबैभन्दा कम उमेरमा प्रधानमन्त्री भएका उनी पञ्चायती व्यवस्थाका जननीसमेत मानिन्छन् ।

 

स्व. गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । श्रीमती शाहरा योञ्जन प्राध्यापन र सञ्चार क्षेत्रमा आबद्ध छिन्। 

Dr Tulsi Giri

विशेष