News देश

बौद्धनाथ महास्तूपामा प्वालैप्वाल

बौद्धनाथ महास्तूपामा प्वालैप्वाल

काठमाडौं । बौद्धनाथ महास्तूपमा बौद्ध मेलम्ची घ्याङ गुठीले प्वाल पारेको छ । विश्वसम्पदामा प्वालैप्वाल पारेको भन्दै बौद्धनाथ क्षेत्र विकास समितिले गुठीलाई कारबाही माग गरेको छ ।
 

पुरातत्त्व विभागको अनुमति नै नलिई स्तूप परिसरमा जेनेरेटर राखेको भन्दै त्यसलाई हटाउन र सम्पदा क्षेत्रमा गैरकानुनी काम गर्ने गुठी पदाधिकारीलाई कारबाही गर्नुपर्ने समितिको माग छ । महाचैत्यको हर्मिकादेखि नै प्वाल पारिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार लामाले बताए । 
 

‘हजारौँ प्वाल पारिएको छ’, उनले भने, ‘हामीले रोक्न खोज्दा पनि मानेनन् ।’ सबैभन्दा बढी क्षति स्तुपको मरुदण्ड मानिने ‘सोक्सिङ’(रस्ती) मा परेको छ । १३ तलाको बिचमा हुने सोक्सिङमा अग्राखको काठ हुन्छ । त्यसमा सुनको अक्षरले बुद्धमन्त्र लेखिएको हुन्छ । 

 

सोक्सिङको चारै दिशामा पञ्चबुद्धको प्रतीमा राखिएको हुन्छ । विश्वसम्पदासूचीमा कुनै पनि संरचना राख्न पाइँदैन । यो काठमाडौं उपत्यकाको पुरानो सम्पदामध्ये पर्छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
 

baudha sthupa

विशेष