आगलागीबाट १२ लाखको क्षति

तुलसीपुर । दाङकाे घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ ।
मंगलबार बिहान उक्त इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी हुँदा विभिन्न इलेक्ट्रोनिक्स सामान, सवारी साधन बनाउन प्रयोग गरिने विभिन्न सामान र ना २ अ १९३६ नंको अटोरिक्सा र नगद जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको छ ।
आगलागी दाङ