विदेश स्वास्थ्य

भारतको एक अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु 

भारतको एक अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु 

प्रतिकात्मक तस्विर 
काठमाडौं । भारतको मुम्बाईमा रहेको ईएसआईसी अस्पतालमा आगलागी हुदाँ ६ जनाको मृत्यु भएको छ । आगलागीमा परि १ सय ३० जना भन्दा बढी घाइते भएका छन् । 

 

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको अँधेरी क्षेत्रमा रहेको अस्पतालमा आगलागी पश्चयात तत्काल दमकल पुग्न नसक्दा आगो फैलिन पाएको थियो । 

आगलागीका कारण भने खुल्न सकेको छैन । अस्पतालको तल्लो तलाबाट आगो लाग्न सुरु भएको थियो । बेलुकी ४ बजे आगलागी हुदाँ अस्पतालमा भित्र रहेका मानिसहरु फालहाल्दै बाहिर निस्केका थिए । फालहाल्ने क्रममा केहि मानिस घाईते समेत भएका छन् । .
 

  मुम्बईमा यसैवर्ष मात्र १२ ठुला आगलागीका घटना भएका छन् । साघुँरा सडक, ट्राफिक तथा अत्याधिक भिडका कारण समयमा दमकल पुग्न नसक्दा आगलागीबाट ठूलो क्षति हुने गरेको छ । प्राविधिक, कामदारको प्रशिक्षण लगायतको कमजोरीका कारण भारतमा आगलागिका घटनाले भंयकर रुप लिने गरेका छन् ।


 

विशेष