मुख्य समाचार राजनीति News

नेकपाको स्थायी कमिटीको बैठकमा ओलीमाथि नै खनिए योगेश भट्टराई

नेकपाको स्थायी कमिटीको बैठकमा ओलीमाथि नै खनिए योगेश भट्टराई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल प्रचण्डको कार्यशैलीप्रति चर्को आलोचना भइरहेको छ । अधिकांश नेताहरूले उनीहरूको रबैयाप्रति कडा टिप्पणी गर्दै आएका छन् ।

 

स्थायी कमिटीको मंगलबार बसेको बैठकमा पनि अधिकांशले अध्यक्षद्वय ओली र दाहालको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । मंगलबारको बैठकमा बोल्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले अध्यद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन अहिलेको आवश्यकताअनुसार नभएको बताएका छन् । उनले नेतृत्वको विरोध गर्नेलाई सिध्याउन लागि परेको समेत बताएका छन्। 
 

साथै उने सांगठनिक एकीकरणमा पूर्वएमालेभित्रको नेतृत्वले गटबन्दी गरेका कारण भएको धारणा रखेका छन् । उनले खास गरी पूर्वएमालेको नेतृत्वले यसको समीक्षा गर्ने पर्ने बताए । उनले अध्यक्षद्वयको मात्रै नभइ नेता माधवकुमार नेपालको पनि खुलेर आलोचना गरेको बताइएको छ ।
 

नेकपाको स्थायी कमिटीको मंगलबारको बैठक सकिएको छ । शनिबारदेखि शुरु भएको बैठकमा भीम रावल, सोमनाथ प्यासी, केशब बडाल, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, टोपबहादुर रायमाझी, शंकर पोख्रेल, सत्यनारायण मण्डलले धारणा राखेका छन् । बैठकमा नेता रावल र भट्टराईको धारणा महत्त्वपूर्ण रहेको मानिएको छ । उनीहरुले छुट्टाछुट्टै तर एकै मतको धारणा पेश गरेका छन् । जसमा रावलले टिप्पणीसहितको ३५ बुँदे १४ पृष्ठ लामो लिखित प्रतिवेदन नै पेश गरेका छन् ।

 

हालसम्म १८ जना स्थायी कमिटीका सदस्यले मात्रै बोलेका कारण बैठक अझै लम्बिने नेताहरुले बताएका छन् । बैठक बुधबार बिहान ८ बजे पुनः बस्नेछ ।
 

Yogesh Bhattarai

विशेष