News देश फोटो

आमरण अनशनरत जनयुद्धका घाइतेहरु, यस्तो छ अवस्था ( हेर्नुहोस् फोटो )

आमरण अनशनरत जनयुद्धका घाइतेहरु, यस्तो छ अवस्था ( हेर्नुहोस् फोटो )

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा माओवादी जनयुद्धका घाइतेहरु आमरण अनशनमा बसिरहेका छन् । विगत पाँच दिनदेखि निरन्तर अनशनरत जनयुद्धका पाँचजना घाइतेहरुको स्वस्थ्य अवस्था बिग्रिदो स्थितिमा छ । 

 

अनशनरत जनयुद्धका घाईतेहरुमा कालीकोटका चन्द्रवीर विक र संग्रामे सार्की , दैलेखका नरवीर दमाइ, मकवानपुरका मंगलसिंह प्रजा , जुम्लाका वीरबहादुर दमाई छन् । 
उनीहरुले यसअघि सरकारसँग जनयुद्धका घाइतेहरुको निःशुल्क उपचार लगायतका पाँचबुँदे सम्झौता गरेका थिए तर त्यसको कार्यान्वयन नभएको भन्दै आमरण अनशन बसेका हुन् । 


घाईते तथा अपांगता व्यक्तिलाई गणतन्त्र सेनानी सहितको राष्टिय सम्मान दिनुपर्ने , अपांगता भएका व्याक्तिको परिवारलाई रोजगारको व्यवस्था गर, जनयुद्धमा भएका घाइतेलाई उपचार खर्चको व्यवस्था गरलगायतका नारा लेखिएका ब्यानर सँगै उनीहरु खुला आकासमुनि आमरण अनशन बसेका हुन् । खुल्ला आकसमुनि अनसनरत भएकै कारण उनीहरुको स्वास्थ्य अवस्था जटिल देखिन्छ । 

मैलो तथा फाटेका लुगा लगाएर सुतिरहेका उनीहरु सबैजना जनयुद्धका कारण कुनै कुनै रुपमा  अपाङ्ग छन् । लामो समय अनशनका कारण उनीहरु मध्ये केही त अर्धचेत अवस्थामा छन् । 


गत कार्तिक २२ गते प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल लगायतको टोलीसँग उनीहरुले भेट गरेका थिए। भेटमा प्रधानमन्त्री ओलीले उनीहरुको माग सम्बोेधन गर्ने भनि आश्वासन दिएका थिए । तर, कार्यान्वयन नभए पछि उनीहरुले गृहमन्त्रीको स्वकीय सचिवसँग भेट गरे । मंसिर २३ गते गृहमन्त्रीका स्वकीय सचिवले घाईतेहरुको माग सम्बोधन गर्ने बताए पनि पछि सहमति कार्यान्वयनमा जाँदैन भने पछि अनशन सुरु गरेको उनीहरुले बताए ।

तस्विर:चन्द्र राई 
 


 

विशेष