सर्वोच्च परिसरमा रहेको जिल्ला अदालतको भवनमा आगलागी

काठमाडौं । सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसर भित्र रहेको एक भवनमा मंगलबार आगलागी भएको छ । सर्वोच्च अदालत परिसर भित्र रहेको जिल्ला अदालतको पुरानो भवनमा बिहानको समयमा आगलागी भएको हो ।
सिंहदरबारको दक्षिणतर्फ रहेको उक्त भवनमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । हाल भने आगलागी नियन्त्रणमा आइसकेको छ ।
भवन पुरानो र जीर्ण भएकाले प्रयोगमा आएको थिएन । आगलागीबाट केकति क्षति भयो भन्ने बारेमा कुनै जानकारी आएको छैन ।