त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ

प्रतिकात्मक तस्विर
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय १४ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन, भरतपुर महानगरपालिका–२३ बस्ने ३२ वर्षीय अमित घिसिङ रहेका छन् । घिसिङ कतार एयरवेयजको क्युआर ६४८ को फ्लाइटबाट नेपाल आएका थिए ।
विमानस्थलको पार्किङ एरियामा चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ । बरामद भएको सुनको बजार मुल्य २६ लाख १३ हजार १ सय ७६ रहेको प्रहरीले जनाएको छ ।