News अर्थ अपराध सुरक्षा

पत्याउनु हुन्छ ? भेट्टाएकै नागरिकताबाट ६८ करोड ठगी

पत्याउनु हुन्छ ? भेट्टाएकै नागरिकताबाट ६८ करोड ठगी

काठमाडौं । बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरूले ६८ करोड रुपैयाँ राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरूले सो कम्पनीमार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए । तर, एक रुपैयाँ पनि कर तिरेका थिएनन् । ‘कर छलीकै उद्देश्यले अर्काको नागरिकता प्रयोग गरी कम्पनी स्थापना गरेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले भने, ‘छानबिनमा तानिएमा आफूहरू जोगिने उद्देश्य उनीहरूको देखिन्छ ।’ 

ठगीमा सरकारी कर्मचारीहरूको पनि मिलेमतो रहेको आशंका प्रहरीले गरेको छ । त्यसैले पक्राउ गरिएका व्यक्ति, दर्ता गरिएको कम्पनी र नागरिकताधनीको नाम ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन् । ‘यसमा ठूलै गिरोहको संलग्नता छ जस्तो देखिन्छ’, अनुसन्धानमा संलग्न सिआईबीका एक अधिकारीले भने । यो समाचार आजको नयाँपत्रिकाबाट लिइएको हो ।

CIB kar chhali

विशेष