औषधि लिमिटेडका महाप्रबन्धकले दिए राजीनामा
काठमाडौं ।नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा. रोबसकुसुम सुवदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट बुधबार राजीनामा दिएका छन्।
खुला प्रतिस्पर्धाबाट सो पदमा उनले विसं २०७३ पुस ७ गतेदेखि कार्यभार सम्हालेका थिए। बुधार उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडासमक्ष आफूले राजीनामापत्र बुझाएको उनले जानकारी दिए।
उनले आफ्नो कार्यकालमा प्रायः बन्द अवस्थामा रहेको लिमिटेडलाई पुनः सञ्चालन गरी सिटामोल जीवनजल उत्पादन शुरु गराएका थिए।
0