News मुख्य समाचार

स्वकीय सचिवको तलब आफैँ लिन्छन् सांसद, सबैभन्दा धेरै महरा र तिमिल्सिनाले लिँदै

स्वकीय सचिवको तलब आफैँ लिन्छन् सांसद, सबैभन्दा धेरै महरा र तिमिल्सिनाले लिँदै

काठमाडौं । संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना छन् ।
 

 

संसद् सचिवालय कर्मचारीको तलबभत्ताबापत् महरा र तिमिल्सिनाको खातामा मासिक १ लाख ९७ हजार ५१० रुपैयाँका दरले जनही जम्मा गर्ने गरेको छ । सचिवलायले पदाधिकारीका निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलबभत्ताबापत् मासिक १ करोड १७ लाख ४६ हजार २६९ रुपैयाँ भुक्तानी गरिरहेको छ । यो रकम संघीय संसदमा बहाल रहेका ३३२ सांसदको पारिश्रमिकमा मासिक १ करोड ७१ लाख ७१ हजार २९५ रुपैयाँ खर्च हुन्छ । यो समाचार आजको कान्तिपुरबाट लिइएको हो ।

 

Krishna Bahadur Mahara Ganesh Timilsina

विशेष