News अर्थ

मूल्य घटाउँदा पनि निगमलाई १५ दिनमै ८८ करोड २२ लाख नाफा

यो सरकार बनेपछि इन्धन मूल्य नौपटक बढ्यो, तीनपटक घट्यो

मूल्य घटाउँदा पनि निगमलाई १५ दिनमै ८८ करोड २२ लाख नाफा

काठमाडौं । नेपाल आयल निगमले उच्च दरमा मुनाफा राखेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन ९आइओसी०ले मूल्य घटाएर आइतबार सूची पठाएपछि निगमले पनि मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान २–२ रुपैयाँ घटाएको छ । बुधबार बिहानबाट काठमाडौं उपत्यकाका उपभोक्ताले पेट्रोल १ सय १० तथा डिजेल र मट्टीतेल समान ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न पाउँछन् । आइओसीले निगमलाई प्रत्येक महिना १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्छ । 

 

उपभोक्तालाई प्रतिलिटर २ रुपैयाँ मात्र मूल्य घटाएको निगमले आगामी १५ दिनका लागि ८८ करोड २२ लाख रुपैयाँ नाफा सुनिश्चित गरेको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निगमलाई आगामी १५ दिनमा करिब ८८ करोड २२ लाख रुपैयाँ नाफा हुने देखिन्छ ।’ तेल खरिद मूल्यमा धेरै कमी आए पनि निगम भने उपभोक्ताका लागि मूल्य घटाउन कन्जुस्याइँ गरिरहेको छ । उपभोक्तालाई कम मूल्य घटाएर बढी नाफा राख्न निगम व्यवस्थापन उद्यत देखिन्छ । यो समाचार आजको नयाँपत्रिकाबाट लिइएको हो ।
 

विशेष