News

कोटेश्वर-कलंकी सडकखण्डमा कार्यरत पाँच चिनियाँ नागरिक निष्कासित

कोटेश्वर-कलंकी सडकखण्डमा कार्यरत पाँच चिनियाँ नागरिक निष्कासित

काठमाडौं । गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर चक्रपथअन्तर्गत कोटेश्वर कलंकी सडकखण्ड आयोजनामा कार्यरत पाँच चिनियाँ नागरिकलाई निष्कासन गरेको छ । 

 

उनीहरु सांघाई कन्स्ट्रक्सन ग्रुपअन्तर्गतका कर्मचारी हुन् । उनीहरुले पर्यटक प्रवेशाज्ञा भिसा लिएर काठमाडौं रिङरोड सडक आयोजनामा अवैध रुपमा काम गर्दै आएका थिए । 

 

अध्यागमन विभागले उनीहरु कामदार हुन् भन्ने आधार नभएको जनाएको छ । निष्कासित हुनेमा ताओ याङ जाइयो जाँ, याङ, जुनुहुई, सिमिङ छाओ र सुएजुङ ली छन् । यो समाचार आजको अन्नपुर्ण पोष्टबाट लिइएको हो ।

Chinese worker

विशेष