अप्रिलदेखि नेपाल कामदार लैजादै जापान

काठमाडौं । सन् २०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ ।
जापनले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महे दाहालले त्यस विषयमा आधिकारिक जानकारी भने नआईसेको बताए । 'अनौपचारिक रुपमा नेपाली कामदारसमेत लैजाने भन्ने कुरा सुन्नमा आएको छु,' उनले भने, 'नेपाललाई समेत समावेश गर्न हामिले कुटनीतिक माध्यमबाट संवाद अगाडि बढाएका छौँ ।', यो समाचार आजको नयाँ पत्रिकाबाट लिइएको हो ।