News

यस्ता त उपप्रधानमन्त्री ! यिनले निर्मलाका ‘हत्यारा पत्ता लागिसकेको’ भनेका थिए

यस्ता त उपप्रधानमन्त्री ! यिनले निर्मलाका ‘हत्यारा पत्ता लागिसकेको’ भनेका थिए

काठमाडौं । अजासु अर्थात् अति जान्नेसुन्ने हुँदा कहिलेकाहीँ राम्रै बल्ड्याङ खानुपर्दो रहेछ भन्ने कुरा अहिले नेकपाका नेता सरकारका उपप्रधानमन्त्री ईश्वरी पोखरेलका लागू भएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लागिसेको उनको अभिव्यक्तिका कारण अहिले आममान्छेले उनलाई उपप्रधानमन्त्री होइन हावादारी मन्त्रीको संज्ञा दिन थालेका छन् ।

 

उपप्रधानमन्त्री पोखरेलले निर्मला पन्तको हत्यारा पत्ता लागिसेको र सरकारले छिट्टै सार्वजनिक गर्ने भनेर अभिव्यक्ति दिएको डेढ हप्ता भइसकेको छ । मंसिर २२ गते राजधानीमा आयोजित एक कार्यक्रममा उनले घोषणा गर्दै भनेका थिए, 'निर्मलाको हत्यारा पक्राउ परिसक्यो, छिट्टै सार्वजनिक गर्छौं' उनले सकारलाई समेत अफ्ठ्यारो पार्ने गरी यो वक्तव्य दिएपछि धेरैले पत्याएका थिए कि अब हत्यारा पक्कै पत्ता लाग्ला । तर, डेढ हप्ता बित्दा पनि त्यसबारे कुने नयाँ कुरा पत्ता नलागेपछि उपप्रधानमन्त्रीजस्तो व्यक्तिले बोलेको कुरा पनि हावादारी सावित भएको छ ।

 

उपप्रधानमन्त्रीजस्तो व्यक्तिले बोलेको कुरा रत्नपार्कको रूखमा बसेर जो पायो त्यो व्यक्तिलाई गाली गरिहिँड्ने मुकुन्देको जत्तिको पनि स्तरीय नभएको चर्चा छ । उनले त्यो बेला प्रस्ट शब्दमा निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरू पक्राउ परिसकेको दाबी गरेका थिए । त्यतिमात्र होइन, अझ थपेका थिए, 'राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने होकी भन्ने डर लागेको छ ।'

 

१०औँ मानवअधिकार राष्ट्रिय महाभेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भनेका थिए, 'म यति भन्न चान्छु, अपराधी पत्ता लागिसकेको छ, नियन्त्रणमा आइसकेको छ । हामी चाँडै विधिसम्मत ढंगले सार्वजनिक गर्छौं ।'

 

उनले कार्यक्रममा उपस्थित कांग्रेस नेतृ पुष्पा भुसालको नाम लिँदै नेकपा नेता समेत रहेका मन्त्री पोखरेलले राजनीतिक आवरणमा हत्यारा जोगाउन नआउन भनेका थिए । उनले आफूलाई एउटा कुराले डर लागेको भन्दै 'सरकारले त्यसलाई सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरू छाता ओढाउन आउने हुनकी भन्ने लागेको छ । पुष्पाजी ख्याल गर्नुहोला', भनेका थिए ।

 

उनले प्रमुख प्रतिपक्ष दलका नेता र अखबारका स्तम्भकारले जसरी सकारले बोल्न नमिल्ने भन्दै सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने ठोकुवा गरेका थिए । उनले हत्यारा पत्ता लागिसकेको दाबी गर्दै अपराधी बाहिर ल्याउँदा कसैले पनि छाता उढाउन नआउन चेतावनी दिएका थिए । उनले अन्य दललाई आफ्नो राजनीतिको रोटी सेकाउनकै लागि यो काण्ड बढी नउछाल्न पनि चेतावनी दिएका थिए । तर, उनको कुरा हचुवा र हावादारी नै साबित भएको छ ।

यो खबर बुधबार साप्ताहिकबाट लिइएको हो ।

विशेष