प्रचण्डका अर्बपति परममित्र सुमार्गीले धनवर्षा होस् भन्दै लगाए १८ महिने हवन
काठमाडौं । यस्तो हत्तपत्त सुनिएको थिएन, १८-१८ महिनासम्म कुनै घरमा निरन्तर होम चल्छ, अन्नलाई धुँवा बनाएर उडाइन्छ । तर, कुनै विवादास्पदख ब्यापारी यस्तो पनि गर्दैछन् ।
धन प्राप्तिका निम्ति, ‘आयुर्देही धनं देही विद्यां देही महेश्वरी, समस्तमखिलां देही देही मे परमेश्वरी, र ग्रह, पीडा, नक्षत्र दोष मुक्त गर्न, ‘नारायण सर्वकाल क्षुत प्रस्खलनादिषु, ग्रह नक्षत्र पीडाषु देव बाधाषु सर्वत्र’ भन्दै नयाँबानेश्वर स्थित हेलो मोबाइल अफिस रहेको मुक्ति टावर पछाडिको अर्को घरमा अजेयराज सुमार्गीले १८ महिनासम्म चरु बिर्सजन गर्न थालेका हुन् । उनको यो घर भइँचालोको बेलामा किनेसँगै एमाले नेता सोमप्रसाद पाण्डेसँग सम्बन्ध बिग्रिएको थियो । किनभने, उनले किनेको बडेमाको घरले सोमको साढे दुई तले घरमा पुग्ने घाम-पानी छेकिदियो ।
अहिले त्यही घरमा सम्पत्ति र सुखशान्तिका लागि १८ महिना निरन्तर धुँवा उडाइरहेका छन् । अनुमान गरौं- यस्तो काममा खर्च कति लाग्ला ? सामान्य बाहुनले घरको आँगनमा होम गर्दा दिनको कम्तिामा हजार रुपैयाँ लिन्छन् । चरु हाल्न घ्यू, अन्न चाहियो । ब्राह्मणहरुलाई बस्ने, खाने व्यवस्था मिलाउनै पर्यो । दक्षिणा अलग्गै । र त्यो खर्च एक दिनको होइन, पाँच सय ४० दिनको । त्यसो त सुमार्गीको हजुरबुबा आफैंमा कहलिएका ज्योति पण्डित थिए । उनले जताजता हात हालेका छन्, निराशाबाहेक केही पाएका छैनन् ।
रसुवामा उत्पादित मिनरल वाटर हो, सबभन्दा राम्रोसँग चलेको व्यापार । तर, त्यो पनि कोरियन लगानीकर्तासँग बलजप्ती हत्याएका छन् । हेलो मोबाइल राम्रोसँग चलेको छैन । हटौंडा एकेडेमी नामक स्कुलचाहिँ ठीकठिकै चलेको छ । चुनढुंगा, दुर्गा कोल्डस्टोरहरुको हालत उनि उस्तै । सिमेण्ट फ्याक्ट्री विदेशी लगानी ल्याउने र माइतिघरस्थित सुमार्गी कम्प्लेक्समा ज्योतिष अफिस पनि राखेका छन् । त्यहाँ डलर पेमेन्टको अनलाइन ज्योतिष सेवा सञ्चालनमा छ, तर त्यति चलेको छैन । विदेशमा बसेका मान्छेले अनलाइनबाटै जन्म मिति, समय र दिशा उल्लेख गरी केही निश्चित कुराहरु हालेपछि चिना निस्कन्छ र भविष्यवाणी गरिन्छ भन्ने प्रचार छ । तर, त्यहाँ ठाउँहरु छ्याप्छ्याप्ती हुँदा समार्गीको यो व्यवसाय पनि चौपटमा परेको बताइन्छ ।
यो समाचार जन आस्था साप्ताहिकबाट लिइएको हो ।