News

मेलाम्ची छाडेर भाग्दै गरेकाहरुलाई यसरी समातिएछ

मेलाम्ची छाडेर भाग्दै गरेकाहरुलाई यसरी समातिएछ

काठमाडौं अब छिट्टै मेलम्चीको पानी आउला तिर्खा मेटाउँला भनी बसेका काठमाडौंबासीलाई दुःखको अर्को खबर त्यो योजनासँग सम्बद्ध ठेकेदारहरुले बिलम्ब शुल्कको नाममा ३५ करोड मागेकोमा नपाएपछि ३२ जना त्योसँग सम्बद्ध इटालियन, कोलम्बियन, फिलिफिनो, दक्षिण अफ्रिकी चिनियाँ इञ्जिनियर, अधिकृतहरु आइतबार आइतबार नेपाल छाडेर आआफ्नो देशतिर लाखापाखा लाग्दै थिए

 

उनीहरुलाई विमानस्थलबाट राति नै फर्काई अस्ति सोमबार मंगलबार दिनभर खानेपानी मन्त्रालयमा वार्ता गरेर थामथुम पारिएको इटालीमा यही मेलम्ची परियोजना बनाउने सिएमसी कम्पनी टाट पल्टेर त्यसको १०० रुपैयाँ मूल्य बराबरको शेयर रुपैयाँमा झरेपछि यता पनि निहुँ खोजेको अवस्था हो

 

उनीहरु पटकपटक म्याद सार्दै, निर्धारित समयमा काम नसकी यो वा त्यो बहानामा नेपाल सरकारसँग शुल्क उठाउँदै आएका थिए यसको पराकाष्टाचाहिँ उनीहरु कामै छोडेर भाग्न लाग्दा आइतबार मध्यराति प्लेन चढ्न नदिइकन एकजना अध्यागमनबाट बाँकि ठमेलको होटलबाट विमानस्थलतर्फ जाँदाजाँदै फर्काइएका हुन् यो समाचार जन आस्था साप्ताहिकबाट लिइएको हो

 

 

 

विशेष