विदेश

बन्द भयो ट्रम्प फाउन्डेशन, यस्तो छ बन्द हुनुको भित्रि कथा

बन्द भयो ट्रम्प फाउन्डेशन, यस्तो छ बन्द हुनुको भित्रि कथा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चालन गरेको विवादित च्यारिटी संस्था ट्रम्प फाउण्डेशन बन्द हुने भएको छ । विवाद बढ्दै गएपछि ट्रप्पले आफ्नो पारिवारिक फाउन्डेशन बन्द गर्ने निर्णय गरेका हुन् ।

 

ट्रम्प र उनका सन्तानमाथि फाउण्डेशनको रकम गैरकानुनी रुपमा प्रयोग हुँदै आएको आरोप लाग्दै आएको छ । रकम गैरकानुनीरूपमा प्रयोग गरेको भन्दै एक महान्यायधिवक्ताले फाउन्डेशन विरुद्ध मुद्दा समेत गर्दा गराएको बिबिसीले जनाएको छ । न्यूयोर्ककी महान्यायधीवक्ता बारबरा अण्डरउडले फाउन्डेशनको रकम अवैध रुपमा प्रयोग भएको भन्दै ट्रम्प परिवारविरुद्ध मुद्दा दायर गरेकी थिइन् । राष्ट्रपति ट्रम्पले आफ्नो व्यापारिक तथा राजनीतिक फाइदाका लागि फाउण्डेशनलाई प्रयोग गर्दै आएको आरोप उनले लगाएकी छन् ।

 

ट्रम्प फाउन्डेशन अब कानूनी रूपमा नै भंग हुनेछ र त्यो कोषमा रहेको रकम अन्य परोपकारीसंस्थालाई वितरण गरिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् । ट्रम्पले आफ्नो फाउन्डेसका माध्यमबाट राष्ट्रपति निर्वाचनका बेला जनतालाई प्रभाव पार्ने काम गरेको पनि आरोप लागेको छ । यही आरोपका बीच ट्रम्पले आफ्नो पारिवारिक च्यारिटी संस्थालाई कानुनी रूपमै बन्द गर्ने भएको हो । राष्ट्रपति ट्रम्पका र उनका तीन सन्तान अब न्यूयोकर्कको अन्य कुनै पनि च्यारिटी संस्थामा बोर्ड सदस्य बन्न नपाउने भएका छन् ।

trump Foundation

विशेष