News

प्रहरीलाई साइकल सहयोग

प्रहरीलाई साइकल सहयोग

दमौली । तनहुँ सुनचाँदी व्यवसायी सङ्घले जिल्ला प्रहरी कार्यालयलाई साइकल उपलब्ध गराएको छ । 

 

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस् भन्ने उद्देश्यले सङ्घले प्रहरीलाई रु २५ हजार बराबरको चार थान साइकल सहयोग गरेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष मोहनकुमार विकले प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहलाई साइकल हस्तान्तरण गरे । 

 

व्यवसायी सामाजिक काममा समेत सहभागी हुनुपर्ने मान्यताअनुसार प्रहरीलाई साइकल प्रदान गरिएको उनको भनाई छ ।

 

प्रहरी र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम हुनुपर्नेमा जोड दिँदै उहाँले यस किसिमको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताए । 

 

प्रहरी उपरीक्षक शाहले शान्ति सुरक्षा प्रदान गर्ने दायित्व प्रहरीको भएकाले समुदायको सहयोगबाट मात्रै सो काम पूरा गर्न सकिने बताए ।

 

उनले शान्ति सुरक्षाले मात्रै विकास सम्भव रहेकाले जनतालाई प्रहरीप्रति विश्वास बढाउन आवश्यक रहेकोमा जोड दिए । 

साइकल तनहुँ सुनचाँदी व्यवसायी सङ्घ

विशेष