News

आँखामा छुरा प्रहार गरी लुटपाट

आँखामा छुरा प्रहार गरी लुटपाट

काठमाडौं । ललितपुरमा मंगलबार राति एक ट्याक्सी चालकमाथि आक्रमण गरी आँखा फुटाइएको छ ।

 

बा १ ज ६१५७ नम्बरको ट्याक्सीका चालक सिरहाका ४२ वर्षीय डम्बर खड्कालाई यात्रु बनेर चढेका दुई लुटेराले छुरा हानेर घाइते बनाएका हुन् ।

 

 छुरा प्रहारबाट उनको देब्रे आँखा फुटेको हो । आक्रमणकारीहरु पुल्चोकस्थित सेन्ट जेभियर्स स्कुलनजिक दमकल भन्ने स्थानबाट बिरामी भन्दै शंखमुल जाने भनेर चढेका थिए । 

 

उनीहरुले बालकुमारी पुलबाट शंखमुल जानेबाटोमा ट्याक्सी चालकमाथि आक्रमण गरेका थिए ।

 

आक्रमणकारीहरुले आफूसँग रहेको ६ हजार रुपैयाँ र एक थान मोबाइल सेट लुटेर लगेको प्रहरी समक्ष उनले भनेका छन् ।

 

उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो । 

छुरा प्रहार लुटपाट

विशेष