‘तत्काल रिहा नगरे परिणाम जे पनि हुन सक्छ’ –अध्यक्ष बस्नेत
काठमाडौं । एसिया प्यासिफिक समिटको विरोध गर्ने क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न शिव सेना नेपालले माग गरेको छ ।
शिव सेनाका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरे परिणाम नराम्रो हुने चेतावनी पनि दिएका छन् । हिन्दु धर्मको विपक्ष र क्रिष्चियन धर्मको प्रचारका लागि आयोजना गरिएको समिटको विरोध गर्दा करिब ५० जना विभिन्न धार्मिक संगठनका नेता कार्यकर्ताहरु पक्राउ परेका छन् ।
सममेलनस्थल होटल हायात नजिकै विरोध प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । प्रदर्शनको क्रममा क्रममा प्रहरी धरपकडमा परि दर्जनबढी घाइते भएका पनि भएका छन् । पक्राउ गरिएकाहरुलाई बौद्ध, गोशाला र पुलिस क्लवमा राखिएको छ ।
हायात प्रवेश गर्ने ढोका अर्थात् चुच्चेपाटी चाबहिलबाट पूर्वराज्यमन्त्री विराज विष्ट, बिश्व हिन्दु महासंघका उपकोषाध्यक्ष राधेश्याम थापा, श्याम केसी, दामोदर शर्मा , सोमविक्रम सिंह,सुशील सिंह, सपना अर्याल , रघु न्यौपाने, मधुसूदन लाल श्रेष्ठ , रघु राजभण्डारी , दीपेन्द्र ढकाल , प्रदीपमान श्रेष्ठ , मानव सेवक, लगायतका महासंघका कार्यकर्ताहरु पक्राउ परेका हुन् ।
धार्मिक संगठनका कार्यकर्ता पक्राउ परेको विरोधमा शिव सेना नेपालले भत्र्सना गर्दै रिहाईको माग गरेको छ ।