मेक्सिकोका राष्ट्रपतिले गरे तलब फिर्ता
काठमाडौं । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषलाई फिर्ता गरेका छन् ।
उनले यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले पाउने तलबको एक तिहाई फिर्ता गर्न थालेका हुन् । उनले अघिल्लो दुई हप्ताको २९ प्रतिशत तलब समेत फिर्ता गरेको अन्तराष्टिय सञ्चार माध्यमले जनाएको छ ।
उनले आफ्नो मासिक तलब पाँच हजार ३७३ डलरलाई मितव्ययी भई सदुपयोग गर्ने योजना समेत बनाएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशसहित सार्वजनिक सेवामा रहेका अन्य उच्च पदाधिकारीलाई पनि आफ्नो तलब सामाजिक सेवामा लगाउन उनले आह्वान गरेका छन् ।
त्यसैगरी देशको ठूलो कर्मचारीतन्त्रका विषयमा जनताले प्रश्न उठाएकाले त्यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको पनि बताए ।