News

डाँफे टेलिभिजनका अध्यक्षको फोन ह्याक 

डाँफे टेलिभिजनका अध्यक्षको फोन ह्याक 

काठमाडौं । डाँफेटिभी.कमका अध्यक्ष प्रेम सागर पौडेलको मोबाइल फोन बिहीबार दिउँसो ह्याक भएको छ ।

 

अध्यक्ष पौडेलका अनुसार उनले केही ब्यक्तिलाई फोन गरिसकेपछि उनको मोबाइल दिउँसो सवा एक बजे ह्याक भएको हो । यस बर्षमा मात्र उनको फोन तेस्रोपटक ह्याक भएको हो । उनको मोबाइल फोन किन, कसले र कुन कारणले ह्याक गरेको हो अहिलेसम्म खुल्न सकेको छैन ।

 

अध्यक्ष पौडेल विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा आबद्ध एक सक्रिय देशभक्त थिङ्क ट्याङ्करका रुपमा परिचित छन् । उनको सक्रियताले कतिपय शक्ति केन्द्रका मानिसलाई असुविधा भएकोले ह्याक गरिएको हुनसक्ने अडकल गरिएको छ ।
 

विशेष