आँखा र नाक नभएको बच्चा जन्मिएपछि

काठमाडौं । विराटनगरको नोबेल मेडिकल कलेजमा नाक र आँखा नभएको बच्चा जन्मिएको छ । भारतकी ४० वर्षीया इफ्रात बानुले छैटौं सन्तानको रूपमा उक्त बच्चा जन्माएकी हुन् ।
दुर्भाग्यवश ती बच्चाको केही समयमा नै मृत्यु भएको छ । एक लाखको संख्यामा एकजना यस्तो बच्चा जन्मने चिकित्सकहरूको भनाइ छ ।