News मुख्य समाचार राजनीति

कांग्रेस महासमिति बैठक गुटगत गोलचक्करमा

कांग्रेस महासमिति बैठक गुटगत गोलचक्करमा

काठमाडौं । कांग्रेस शीर्ष नेताहरूको गुटगत स्वार्थका कारण जारी महासमिति बैठक अन्यौलमा परेको परेको छ । पूर्वनिर्धारित समयभन्दा एकदिन ढिला गरी शनिबारबाट सुरु भएको बैठक एक दिन लम्बिएको छ । सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षको गुटगत स्वार्थका कारण विधानमा सहमति जुट्न नसक्दा महासमिति सदस्य निराश भनेका हुन् ।

 

पार्टीको सांगठनिक स्वरुपलाई नयाँ संवैधानिक व्यवस्थाअनुसार परिवर्तन गर्न तथा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भएका हाललाई शक्तिमा बदलेर संगठन निर्माणमा जुट्ने लक्ष्यसहित महासमिति सदस्य काठमाडौं आएका थिए । महासमिति सुरु भएको पाँच दिनसम्म पनि मुख्य विषय विधान संशोधन प्रस्ताव पेस नभएपछि नेताहरू जिल्ला पर्किने की बस्ने अन्योलमा छन् । 'अर्को निर्वाचनमा पार्टीलाई पहिलो दल बनाउने लक्ष्य र योजना तय गर्नुपर्ने थियो', महासमिति सदस्य झम्कनारायण श्रेष्ठले भने, 'तर विधान मस्यौदामै नेताहरूले विवाद गरेपछि नेताकार्यकर्तालाई स्तबध बनाउने काम भइरहेको छ ।' यो खबर आजको नागरिकबाट लिइको हो ।

Nepali Congress

विशेष