एमाले स्थायी कमिटी बैठक : एक व्यक्ति एक पद कार्यान्वयन माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलका क्रममा सदस्यहरूले सरकार र पार्टीमा एक व्यक्ति एकप नीति कार्यान्वयन तथा सरकार पुनर्गठन पर्न नेतृत्वसँग माग गरेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार भएको छलफलमा सहभागी अधिकांश सदस्यले यस्तो माग गरेका हुन् ।
एउटै व्यक्तिलाई सरकार र पार्टी दुवैमा जिम्मेवारी दिँदा सरकार र पार्टी दुवैतिरको काम प्रभावकारी बन्न नसकेकाले एक व्यक्ति एक पद को नीति कार्यान्वयन ल्याउनुपर्ने तर्क उनीहरूको छ । सरकारमा बसेर प्रभावकारी काम गर्न नसकेका मन्त्रीलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने धारणा पनि नेताहरूले राखेका छन् । यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।