News मुख्य समाचार

बैशाखभित्र प्रदेश र स्थानीय तहको उपनिर्चावनको मिति तोक्न निर्देशन

बैशाखभित्र प्रदेश र स्थानीय तहको उपनिर्चावनको मिति तोक्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले आगामी वैशाखभित्र प्रदेश र स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोग र सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसँग प्रदेश र स्थानीय तहको रिक्त पदमा उपनिर्वाचनको विषयमा छलफल भएको थियो । निर्वाचन आयोगले आवश्यक कानुन नभएसम्म उपनिर्वाचन गर्न कठिनाइ रहेको बताएको छ ।

 

कानुनमा स्थानीय तहको उपनिर्वाचन घोषणा गर्ने अधिकार सरकारलाई छ तर प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन घोषणा गर्ने अधिकार आयोगलाई छ । तर स्थानीय तहका वडाध्यक्ष र सदस्यको उपनिर्वाचनसम्बन्धी कुनै कानुनी व्यवस्था नरहेकाले त्यसलाई मिलाउनुपर्ने प्रमुख निर्वाचन आयुक्त यादवको भनाइ छ । उनले कानुनमा स्थानीय तहको उपनिर्वाचन घोषणा गर्ने अधिकार सरकारको भएकाले उसले नै मिति घोषणा गर्नुपर्ने बताए । यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।
 

Election Commision

विशेष