News रोजगार देश

आज स्थानीय तहको कामकारबाही ५ घण्टा ठप्प

आज स्थानीय तहको कामकारबाही ५ घण्टा ठप्प

काठमाडौं । आन्दोलनरत कर्मचारीले बिहीबार पाँच घण्टा स्थानीय तह ठप्प पार्ने भएका छन् ।

 

सोमबार देशभरका स्थानीय तह ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीले ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीले हातमा कालोपट्टी बाँधेर कलम बन्द गर्ने अवधि हेरेर दिन बढाउँदै लगेका छन्। यस क्रममा बिहीबार पाँच घण्टा धर्ना जारी रहने बताएका छन् ।

 

जनप्रतिनिधिहरूको समेत समर्थन रहेको आन्दोलन आफ्नो माग पूरा नभएसम्म जारी राख्ने आन्दोलनकारी कर्मचारीले बताएका छन् । यो खबर आजको नेपाल समाचारपत्रबाट लिइएको हो ।

कर्मचारी

विशेष