News

मेलम्चीको बाँकी काम स्वदेशी ठेकेदारलाई दिन विज्ञको सुझाव

मेलम्चीको बाँकी काम स्वदेशी ठेकेदारलाई दिन विज्ञको सुझाव

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘स्वदेशी ठेकेदार’ लाई दिएर तत्काल पूरा गर्न विज्ञहरुले सुझाएका छन् । 

 

जलविधुत् आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम गर्न सक्ने बुझाई उनीहरुको छ । 

 

पूर्वसचिव एवं आयोजनाका पूर्वप्रमुख सुमन शर्माले ‘हाइड्रो पावर’ को काम गरेका ठेकेदारले बाँकी काम गर्न सक्ने बताए । 

 

ठेकेदार कम्पनी सीएमसीलाई दिनुपर्ने र उसबाट लिनुपर्ने मूल्यांकन गरेर अन्योल हटाउनुपर्छ, उनले भने, ‘अब टेन्डर प्रक्रिया लामो गर्नु हुन्न ।

 

छोटो प्रक्रियाबाट स्वदेशी ठेकेदारलाई दिएर छिटो सम्पन्न गर्नुपर्छ ।’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।  

मेलम्ची खानेपानी आयोजना विज्ञ

विशेष