१९ रुपैयाँ सस्तोमा किनेको पेट्रोल ४ रुपैयाँ मात्र घट्यो

काठमाडौं । आयल निगमले चर्को नाफामा मात्र ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् ।
आयल निगमले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैयाँ १० पैसा सस्तो भएको छ ।
तर, निगमले भने केवल ४ रुपैयाँ प्रतिलिटर मात्रै मूल्य घटाएको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
आयल निगम