पाकटेमारको कोड भाषाः प्रहरीलाई ‘ठुल्दाई पैसालाई ‘द’
काठमाडौं । केटालाई छापा केटीलाई भद्री । यो पाकेटमारले प्रयोग गर्ने शब्दावली हो ।
यस्तै भाषा बोल्दै सार्वजनिक सवारीमा पाकेट मार्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी परिसर काठमाडौंले ५० जना सादा पोसाकका प्रहरी खटाएर सार्वजनिक यातायात र सार्वजनिक स्थलबाट पाकेटमारलाई समातेको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
यस्तो छ कोड
पैसाः द
मोबाईलः कान
पकेटमारीपीडितः रामे
मुख्य पाकेटमारः काशी
पैसा धेरैः टानको द
पैसा थोरै छः जुटको द
गाडीः काँचा
केटाः छापा
केटीः भद्री
पुलिस आयोः ठुल्दाई आयो
ड्राईभरः माम
खलासीः मले
गाडीबाट झरेर भागः टप्की
गाडीभित्र अगाडि सरः अकल जा
गाडीभित्र पछाडी सरः चिछल जा