News मुख्य समाचार

सेनाले खरिद गरेका थप पाँचवटा हेलिकोप्टर पनि प्रतिस्पर्धाबिनै

सेनाले खरिद गरेका थप पाँचवटा हेलिकोप्टर पनि प्रतिस्पर्धाबिनै

काठमाडौं । नेपाली सेनाले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि डेढ अर्ब खर्चेर ल्याएको १४ सिट क्षमताको यटालियन अगुष्टाबाहेक थप पाँच हेलिकोप्टर पनि विनाप्रतिस्पर्धा खरिद गरिएको पाइएको छ । जीटुजी(गभर्मेन्ट टु गभर्मेन्ट)को बहानामा नेपाली सेनाले स्थानीय एजेन्टसँग मिलेर अमेरिका, फ्रान्स तथा इन्डोनेसियाबाट पाँच हेलिकोप्टर किनेको हो।

 

 

यी हेलिकोप्टर किन्न तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकारले अनुमति दिएको थियो । केही साताअघि नै इटालियन हेलिकोप्टर विनाप्रतिस्पर्धा एक अर्ब ५० करोडभन्दा बढी खर्च गरेर ल्याइएको थियो । त्यसबाहेक फ्रान्समा उत्पादित इकुरेल र अमेरिकी हेलिकोप्टर बेल पनि प्रतिस्पर्धाविनै खरिद गरेर नेपाल ल्याइएको छ । 
 

 

‘अगुष्टाबाहेक इन्डोनेसियाको पीडीआई कम्पनीबाट दुईवटा ट्रेनर जहाज, फ्रान्सबाट फिक्स विङ कार्गो र चारसिटे इकुरेल हेलिकोप्टर तथा अमेरिकाबाट एउटा ६ सिटे बेल हेलिकोप्टर विनाप्रतिस्पर्धा जीटुअनुसार खरिद गरिएको हो’, सैनिक स्रोतले भन्यो । यो खबर आजक कारोबार दैनिकबाट लिइएको हो ।
 

Helicopter Nepal Army

विशेष