विदेश

आफ्नो नाममा रहेको ‘फाउण्डेसन’ बन्द गर्न ट्रम्प सहमत

आफ्नो नाममा रहेको ‘फाउण्डेसन’ बन्द गर्न ट्रम्प सहमत

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा रहेको ‘फाउण्डेसन’ बन्द गर्न सहमत  भएको बताइएको छ । 

 

न्यूयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि उक्त कोषको रकम हिनामिना गरेको आरोपले चर्चा लिँदै गर्दा राष्ट्रपति ट्रम्पले उक्त संस्थालाई बन्द गर्न सहमति दिएकी हुन् । 

 

ट्रम्प फाउण्डेशनका वकिलले भने उक्त विषयलाई महान्यायाधीवक्ताले राजनीतिकरण गर्न खोजेको आरोप लगाएका थिए । 

 

एउटा विज्ञप्तिमा अन्डरउडले ट्रम्प फाउण्डेशन अचम्मलाग्दो ढाँचाको हिनामिनामा संलग्न भएको बताएकी थिइन् भने राष्ट्रपति उक्त परोपकारी संस्था बन्द गर्न सहमत भएको बताएकी थिइन् । 

 

उक्त परोपकारी संस्था बन्द हुने शर्तबारे बोल्दै अन्डरवुडले न्यायिक सुपरिवेक्षणमा रहेर मात्रै संस्था विघटन हुने र रकम वितरण हुने बताएकी छन् ।

 

उनले संस्था बन्द हुन लाग्नुलाई कानूनी शासनका लागि एउटा महत्वपूर्ण जीत भएको भन्दै यो घटनाले नियम सबैका लागि एउटै भएको स्पष्ट पारेको पनि बताइन् । 

 

गत जुनमा एउटा ट्वीट गर्दै ट्रम्पले परोपकारी संस्थाले केही अनियमितता नगरेको भन्दै त्यसलाई बन्द गर्न नचाहेको संकेत गरेका थिए । एजेन्सी

राष्ट्रपति डोनाल्ड ट्रम्प फाउण्डेसन

विशेष