News

वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्दै जापान

वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्दै जापान

 

काठमाडौं । वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्न सक्ने जापानमा नेपाली श्रमिक पठाउन जापान सरकारसँग सम्झौताको लागि आन्तरिक छलफल भइसकेको छ । 

 

देशमा बढिरहेको कामदार अभाव हटाउन जापान सरकारले हालै विभिन्न सात देशका श्रमिक भित्र्याउने निर्णय गरेकोमा नेपालको नाम पनि थप गर्ने भएपछि सरकारले धेरै संख्यामा नेपाली कामदार जापान पठाउन गृहकार्य तीव्र बनाएको सञ्चारमाध्यमले जनाएकोछ ।

 

अर्को हप्ता जापानको संसदबाट उक्त प्रस्ताव पारित भएपछि नेपालले रोजगारीको नयाँ गन्तव्य पाउने छ ।

 

लामो समयदेखि विदेशबाट दक्ष श्रमिक ल्याउने तयारी गरिरहेको जापानसँग श्रमिक प्राप्त गर्ने देशहरूको सूचीमा नेपाललाई समावेश गर्न यसअघि नै परराष्ट्र मन्त्रालय मार्फत बारम्बार छलफल भएकोे छ ।

 

जापानले कृषि, स्वास्थ्य सेवा, निर्माण, स्याहारसुसार, सवारी जस्ता क्षेत्रमा लगभग साढे तीन लाख विदेशी श्रमिक भित्र्याउने लक्ष्य राखेकोे छ ।

 

जसमा श्रमिकहरूले भाषा परीक्षा र सीप परीक्षा पास गर्नुपर्ने न्यूनतम योग्यता मापदण्ड समेत तोकेको छ ।


 

विशेष