विदेश

जब अमेरिक पूर्वराष्ट्रपति धोक्रो बोकेर अस्पताल पुगे... भिडियोसहित

जब अमेरिक पूर्वराष्ट्रपति धोक्रो बोकेर अस्पताल पुगे... भिडियोसहित

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले धोक्रो बोकेर हिँडेका फोटो र भिडियोहरू भाइरल बनेका छन् ।  बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँड्न हिँडेका ओबामाका फोटो तथा भिडियो इन्टरनेटमा भाइलर भएका हुन् ।
 

भाइरल भएका भिडियोहरूमा ओबामा सान्ता क्लजले लगाउने जस्तै शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर अस्पताल आएको देख्न सकिन्छ । उनको यस्तो रूपलाई देखेर धेरै व्यक्ति आश्चर्यमा पर्छन् । उनले बिरामी बालबालिकाहरुलाई भेटेर उपहार बाँड्नुका साथै तस्वीरसमेत खिचाउँछन् । 
 

उक्त भिडियोहरूमा आफ्ना बालबालिकाको बिमारीबाट चिन्तित अभिभावकलाई ओबामाले सहानुभूति पनि दिन्छन् । अस्पतालमा ९० मिनेट बिताएका उनले चिकित्सक तथा नर्ससँग भलाकुसारीसमेत गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले चासोका साथ समाचार लेखेका छन् ।

 

बाराक ओबामा

विशेष