News

इन्डो–प्यासिफिकमा नेपालको भूमिका : नेपाल चीनबीचको सम्बन्ध कमजोर बनाउने खेल

इन्डो–प्यासिफिकमा नेपालको भूमिका : नेपाल चीनबीचको सम्बन्ध कमजोर बनाउने खेल

काठमाडौं । अमेरिका र नेपालका परराष्ट्रमन्त्रीबीच इन्डो–प्यासिफिक रणनीतिमा नेपालको केन्द्रीय भूमिका हुने विषयमा भएको छलफललाई कूटनीतिज्ञहरूले नेपाल र चीनबीचको सम्बन्ध कमजोर बनाउने खेलका रूपमा टिप्पणी गरेका छन् ।

 

अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पेओबीच मंगलबार स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक र उत्तर कोरियालगायतका विश्वस्तरीय मुद्दामा नेपालको केन्द्रीय भूमिका हुने विषयमा छलफल भएको थियो ।
 

अमेरिकी विदेश मन्त्रालयका सहप्रवक्ता रोबर्ट पल्लादिनोले जारी गरेको विज्ञप्तिमा इन्डो–प्यासिफिकमा नेपालको भूमिका, पाँच सय मिलियन अमेरिकी डलरको मिलिनियम च्यालेन्ज कर्पोरेसन र नागरिक तहको सम्बन्ध विस्तारका विषय उल्लेख छ। नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने इन्डो–प्यासिफिकमा नेपालको भूमिकाबारे उल्लेख छैन। यो खबर आजको नागरिकबाट लिइएको हो ।
 

प्रदीप नेपाल नेपाल-अमेरिका

विशेष