News अपराध सुरक्षा मुख्य समाचार

निर्मला पन्त हत्याकाण्ड : लापरबाही गर्ने १८ प्रहरीमाथि कारबाही प्रक्रिया सुरु

निर्मला पन्त हत्याकाण्ड : लापरबाही गर्ने १८ प्रहरीमाथि कारबाही प्रक्रिया सुरु

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही सुरु गरेको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा विभागीय कारबाही सुरु भएको हो । 

 

एआइजी बस्नेत नेतृत्वको समितिले एक एसपी, दुई डिएसपी, तीन इन्स्पेक्टर, चार सइ, तीन हवल्दार, पाँच जवानविरुद्ध कारबाही सुरु भएको हो । छानबिन समितिले १८ जना प्रहरीकै गल्ती प्रस्ट रूपमा औँल्याएको छ । सोही आधारमा प्रहरीको कानुन शाखाले कारबाही प्रक्रिया अघि बढाएको हो । 

 

कस्ता छन् प्रहरीमाथि लागेको आरोप ?

 

कारबाहीको सिफारिस गरेकामध्ये एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सरकारले प्रहरी सेवाबाट हटाउने निर्णय गरिसकेको छ । त्यस्तै, डिएसपी ज्ञानबहादुर सेठीले अनिवार्य अवकाश पाइसकेका छन् । डिएसपी अंगुर जिसी, गणेश सापकोटा, सइहरू रामसिंह धामी, वासुदेव अवस्थीलगायतमाथि कारबाही सुरु भएको स्रोत बताउँछ । सिआइबीबाट खटिएका डिएसपी जिसी र उनको टिममाथि पर्याप्त प्रमाण नहुँदै दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको र अपराध कबोल गर्न लगाएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सइ अवस्थीले विष्टको सर्ट च्यातेर घटनास्थलमा लगी नक्कली प्रमाण बनाएको छानबिनमा खुलेको छ । यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो ।

निर्मला पन्त हत्याकाण्ड

विशेष