News

निर्मलालाई न्याय माग्दै विप्लवद्धारा प्रदर्शन

निर्मलालाई न्याय माग्दै विप्लवद्धारा प्रदर्शन

काठमाडौं । निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आइतबार प्रदर्शन गरेको छ । दोषीमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने भन्दै विप्लव समूहले राजधानीसहित देशका विभिन्न स्थानमा प्रदर्शन गरेको छन् । 

 

 

राजधानीमा भएको प्रदर्शनमा विप्लवका नेता कार्यकर्ताले निर्मला पन्तको बलात्कारी—हत्यारालाई कारबाही गर भन्दै चर्को नाराबाजी गरेका थिए । 

 

 

 

हत्याको ४ महिना बितिसक्दा पनि  पनि सरकारले दोषीलाई कानुनको कठाघारमा ल्याउन नसकेको भन्दै सरकारलाई दवाव स्वरुप नेकपाले प्रदर्शन गरेको बताएको छ । 


 

 

यस्तै आइतबार नै काठमाडौंमा स्वतन्त्र युवा समूहले पनि निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।

पन्तको गत साउन १० मा बलात्कारपछि हत्या भएको अवस्थामा शब फेला परेको थियो । 

विशेष