६ जिल्लाका सिडिओ फेरिए, कसको कहाँ सरुवा ?
काठमाडौं । गृह मन्त्रालयले शुक्रबार ६ जिल्लाका सिडिओ सरुवा गरेको छ ।
पर्सा, रौतहट, गोरखा, दाङ, अर्घाखाँची र मनाङका सिडिओ हेरफेर भएका हुन् । पर्सामा नारायण भट्टराईलाई पठाइएको छ । भट्टराई यसअघि गोरखामा कार्यरत थिए ।
पर्साका लोकनाथ पौडेललाई रौतहट तथा रौतहटका गोविन्द रिजाललाई दाङ सिडिओमा सरुवा गरिएको छ । दाङका गजेन्द्र श्रेष्ठलाई गोरखा खटाइएको छ ।
गृहका अनुसार अर्घाखाँचीमा प्रेमलाल लामिछाने र मनाङमा रुद्रनाथ देवकोटालाई पठाइएको छ ।
अर्घाखाँचीका खिमराज भुसाललाई अध्यागमन विभाग तथा मनाङका हरिप्रसाद पन्तलाई गृह मन्त्रालय सरुवा गरिएको छ ।
केहीको नियमित सरुवाअन्तर्गत र केहीलाई कार्यसम्पादन चित्त नबुझेकाले जिम्मेवारी हेरफेर गरिएको गृह मन्त्रालयले जनाएको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
सिडिओ सरुवा