१७ वर्षपछि फरार प्रतिवादी पक्राउ
वालिङ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बहुविवाह अभियोगमा सजाय तोकी फरार रहेका प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार आँधीखोला गाउँपालिका–६ घर भई पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्दै आएका ४४ वर्षीय नरहरि ढकाल र उनकी श्रीमती ३५ वर्षीया जानुका ढकाललाई पोखराबाट पक्राउ गरी सजाय भुक्तानीका लागि जिल्ला कारागार स्याङ्जामा पेश गरिएको छ ।
ढकालकी जेठी श्रीमती ढाकादेवीले २०५७ मंसिरमा जिल्ला अदालत स्याङ्जामा मुद्दा हालेकी थिइन् । विसं २०५८ असारमा जिल्ला अदालतले दुवै जनालाई एक÷एक महीना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उनीहरु त्यसयता फरार रहेका थिए ।
प्रतिवादी पक्राउ