News मुख्य समाचार राजनीति

नेकपा बैठक : नेताहरूको आचरणमा प्रश्न, महँगो हेलिकप्टर किन चढ्नुपर्‍यो ?

नेकपा बैठक : नेताहरूको आचरणमा प्रश्न, महँगो हेलिकप्टर किन चढ्नुपर्‍यो ?

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठकमा बिहीबार नेताहरूको आचरण र जीवनशैलीमाथि प्रश्न उठेको छ । उनीहरूको जीवनशैली कम्युनिस्ट मूल्य मान्यताविपरीत देखिएको नेता अमृत बोहराले आरोप लगाए । पाँच दिनदेखि जारी बैठकमा बुधबारसम्म सरकार र पार्टी सञ्चालन शैलीको आलोचना हुँदै आएको थियो ।

 

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू कम्युनिस्ट पार्टीकै रहेका बेला विवादमा परिरहेको भन्दै बोहराले प्रश्न गरेका थिए । ‘माक्र्सवादी लेनिनवादी विचारधारामा विश्वास गर्ने कम्युनिस्ट पार्टीका नेताहरूको जीवनशैली त्यहीअनुसार हुनुपर्छ, विलासिता प्रदर्शन गर्ने जुन प्रवृत्ति देखिएको छ, यसको अन्त्य गर्नुपर्छ,’ उनले भने ।

 

पछिल्लो समय मन्त्रीहरूले दोहोरो सुविधा लिएको र राष्ट्रपति–उपराष्ट्रपतिलाई महँगा गाडी तथा हेलिकप्टर खरिदको विषयले विवाद निम्त्याएकोसंकेत गर्दै बोहराले मुलुकको अवस्थाअनुसार न्यूनतम सुविधा प्रयोग गर्न ध्यानाकर्षण गराए । ‘अहिले जुनसुकै सर्वोच्च पदमा पुगे पनि हिजो टेक्ने ठाउँ पार्टी नै थियो । त्यो पार्टीको आदर्श कस्तो थियो भन्ने बिर्सन हुन्न,’ उनले भने, ‘महँगो हेलिकप्टर किन चढ्नुपर्‍यो रु न्यूनतम सुविधामै बस्न पनि सकिन्छ । कुनै संस्था त्यस्तो शैलीमा लागेका छन् भने त्यसलाई विनम्रतापूर्वक अस्वीकार गरिदिनुपर्छ ।’
 

नेकपा बैठक

विशेष