विदेश

डुंगा पल्टिँदा स्पेनमा १२ आप्रवासीको मृत्यु

डुंगा पल्टिँदा स्पेनमा १२ आप्रवासीको मृत्यु

मड्रिड । स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । 


दुर्घटनाका कारण अरु १२ जना बेपत्ता भएको स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । 


दुर्घटनामा परेको डुंगाबाट झण्डै तीस जनालाई जिवितै उद्धार गरिएको छ । उद्धारका लागि दुई दिन सम्म खोजी कार्य चलाइएको थियो । 


‘दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना जिवितै भेटिएका छन्, जिवित मध्ये चार जना महिला र २९ जना पुरुष रहेका छन्,’ एक उद्धारकर्मीले भने । 


दुर्घटनामा परेकाहरु आप्रवासी भएको बताएको छ । उनीहरु अफ्रिकाबाट स्पेनको अल्मेरिया बन्दरगाहमा आउदै थिए । 


मृत्यु भएका मध्ये दश जना पुरुष र दुई जना महिला रहेका छन् । महिला मध्ये एक जना गर्भबती रहेको जनाइएको छ । एजेन्सी

डुङ्गा दुर्घटना स्पेन

विशेष