News खेल

भरत खवासको गोलमा आर्मीको जित

भरत खवासको गोलमा आर्मीको जित

काठमाडौं ।  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्र्तगत आइतबार भएको खेलमा विभागीय टीम नेपाल आर्मीले हिमालयन शेर्पा क्लबलाई हराएको छ । 

 

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले शेर्पालाई २—१ गोल अन्तरले हराएको हो । जितसँगै आमी लिगको दोस्रो स्थानमा पुगेको छ ।

 

 

आर्मीको जितमा दुवै गोल कप्तान भरत खवासले गरेका थिए भने शेर्पाका लागि उल्रिच सीवीले गोल गरेका थिए ।

 

 

खेलको ३३ औं मिनेटमा आर्मीका लागि खवासले गोल गरेका हुन् । सन्तोष तामाङको कर्नर बलमा खवासले हेड गर्दै गोल गरेका थिए । त्यसपछि पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन । 


खेलको ८६ औं मिनेटमा भरतले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जित निश्चित गरे ।  दिनेश हेम्जाङको कडा प्रहार शेर्पाका गोलकिपर किशोर गिरीले पन्च गर्दै बाहिर पठाएको रिबाउन्ड बलमा खवासले गोल    गरे ।

 

 

खेलको ८८ औं मिनेटमा शेर्पाका सीवीले गोल गर्दै खेलमा फर्काउने कोशिस गरे पनि त्यो सफल हुन सकेन ।

आर्मीका कप्तान भरत म्यान अफ दि म्याच चुनिए ।यो जितसँगै लिगको दोस्रो स्थानमा उक्लिएको आर्मीको पाँच खेलबाट १३ अंक छ भने पराजित शेर्पाको ५ खेलबाट १० अंकसहित छैटौ स्थानमा यथावत छ । 

 

यस्तै, आइतबारनै भएका अर्को खेलमा फ्रेन्ड्स क्लबले  मछिन्द्र क्लबलाई ३–० गोल अन्तरले हराएको छ ।तस्विरः एन्फा 

विशेष