विदेश

अमेरिकी रक्षा मन्त्रीले दिए अकस्मात्‌ राजीनामा  

अमेरिकी रक्षा मन्त्रीले दिए अकस्मात्‌ राजीनामा  

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री जेम्स म्याटिस उच्च मूल्याङ्कनसहित आउँदो फेब्रुअरीको अन्त्यमा सेवानिवृत्त हुन लागेको घोषणा गरेका छन् ।

 

जनरल म्याटिसले मित्र शक्ति र अन्य देशहरूको सैन्य दायित्व निर्वाह गर्न आफूलाई धेरै सहयोग गरेको भनी राष्ट्रपति ट्रम्पले ट्वीट सन्देशमा उल्लेख गरेका छन् ।

 

म्याटिसको सेवा निवृत्त हुने ट्रम्पको सो घोषणा सिरियाबाट सबै अमेरिकी फौज फर्काउने उनको विवादित निर्णयको एक दिन पछाडि आएको हो ।

 

अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिस ट्रम्प प्रशासन भित्रका अधिकारीहरुले राजीनामा दिने सिलसिलाका हालसम्मका सबैभन्दा पछिल्ला अधिकारी बनेका छन् ।


 

राष्ट्रपति डोनल्ड ट्रम्प रक्षा मन्त्री जेम्स म्याटिस

विशेष